Notice Board

फीडब्याक / Feedback

Kumar Lama Tamang -
Oct 10 2011
Dear Tamang Samaj samiti, First of all Thanks full very much ,for Opening The Tamang Samaj webpage,and I am kumar lama,From Doha Qatar,exactly no thing to write this mail I am just asking your good commety i want to join a member,please reply to me as soon as posible, Thanks ...

समाचार / News

तामाङ सेवा केन्द्र नेपालमा जिवा ल्होछार

TSKN

२८ माघ, काठमाडौं । तामाङ सेवा केन्द्र नेपालमा जिवा ल्होछार कार्यक्रम सम्पन्न भएको छ । कपन सुबिगाउँस्थित केन्द्रकै प्राङगणमा सम्पन्न उक्त कार्यक्रममा चर्चित तामाङ कलाकारको प्रस्तुती रहेको थियो । 

विहानैदेखि लामा गुरुहरुले पूजा पाठ गरी कार्यक्रमको सुरुवात गर्नुका साथै कार्यक्रममा सहभागीहरुलाई लामा गुरुबाट वाङ समेत प्रदान गरियो । सोही अवसरमा संस्थाले सोलु तथा खोटाङका केहि वृद्ध-वैद्धाहरुलाई समेत सम्मानित गरेको थियो । 

करिब २:३० बजे सुरु भएको साँस्कृतिक कार्यक्रममा तामाङ कलाकार संघबाट उपस्थित चर्चित तामाङ कलाकारहरुले दर्शकहरुलाई भरपूर मनोरन्जन प्रदान गरे । तामाङ गीत तथा तामाङ सेलोमा चर्चित तुलसा वाईवा र ईन्दिरा योन्जनको जोडीले दर्शकहरुलाई खुब रौस्याए । त्यस्तै चर्चित गायिका योगिता मोक्तानले पनि दर्शकहरुको राम्रो साथ पाइन् । 

गायक रामबाबु योन्जन, मीन दोङ, विश्व दोङ लगायतले दर्शकहरुलाई थप हौस्याए । जति जति साँझ पर्दै गयो दर्शकहरु झन हौसिँदै थिए । सोही क्रममा चर्चित गायक रोज मोक्तान स्टेजमा देखिँदा दर्शकहरु हर्षोल्लासले उफ्रिए । साँझ परेर चिसो-चिसो बढ्ने क्रममा मोक्तानको हिँउपर्‌यो... बोलको गीतले दर्शहरुलाई खुब तताए । त्यस्तै हेलम्बुको बजारमा र चर्चित गीत कलकते काँईयोका साथमा उनले दर्शकहरुलाई चिसोको अनुभव गर्न दिएनन् । दर्शकहरुका साथ साथ कलाकारहरु पनि नाचिरहेको दृष्य पनि कम रोचक थिएन । 

अन्तिममा चर्चित गायक तथा संगीतकार चन्द्र कुमार दोङ र गायिका इन्दिरा गोले गुरुङले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्नुभएको थियो ।

Posted Date : 13 October 2011 | Views : 97 | Comment : 0