तामाङ् सेवा केन्द्र नेपालमा ल्होछार

फाल्गुन १२, २०६३/तामाङ्ग सेवा केन्द्र नेपालले २८४३ औँ फाग् ल्होछारको अवसरमा आयोजना गरेको ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । काठमडौँको कपन स्थित आफ्नै भवन परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । औतारी लामा तथा अन्य लामा गुरुहरुको उपस्थिति रहेको उक्त कार्यक्रम विविध धार्मिक पूजाका साथ विहानै देखि शुरु भएको थियो ।
कर्यक्रमका बारेमा जानकारी दिदै सेवा केन्द्रका अध्यक्ष कर्णतामाङले यो वर्षसँगै लगातार छैँटौ पटक यसै स्थानमा सेवा केन्द्रले ल्होछार कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनु भएको थियो । उहाँले तामाङ्ग सेवा केन्द्र विशेष गरी सोलु, खोटाङ्ग, ओखलढुङ्गा लगायतका जिल्लाका तामाङ्ग सममुदायलाई समेट्ने उदेश्यले स्थापना गरिएको जानकारी दिनुभएको थियो । कार्यक्रम अगाडि बढ्दै जाँदा गेटमा टिकट लिएर प्रवेश गर्नेको माहौल पनि बढ्दै गईरहेको थियो । अधिकांशले अगाडि नै टिकट लिईसकेको भए पनि सोही दिन गेटमा टिकट लिनेको भीँड पनि कम थिएन । आउने क्रम बढ्दै जाँदा आयोजकहरु निकै दङ्ग देखिन्थे । "हामीले अपेक्षा गरेको भन्दा बढि जनसमुदाय उपस्थित भएको छ, यो वर्षगेटमै टिकट लिनेको सङ्ख्या बढि देखियो" भन्दै हुनुहुन्थ्यो अध्यक्ष कर्ण्र्ाा विविध धार्मिक पूजा सकिए पछि भोजनको लागि व्यवस्था मिलाईएको थियो । करिब हजार बाह्रा सयको सङ्ख्यामा उपस्थित जनलाई भोजनको लागि राम्रो व्यवस्था मिलाईएको दखिन्थ्यो ।सोही अवसरमा तामाङ सेवा केन्द्रको बारेमा जानकारी दिँदै अध्यक्ष कर्ण सेवा केन्द्र स्थापना भएको आठ वर्षपूरा भएको जानकारी दिनुभएको थियो । अहिले सेवा केन्द्रको नाममा जग्गा रहेको र निकट भविष्यमा नै सोही जग्गामा गुम्बा निर्माण गरिने जानकारी दिनुभएको थियो ।
सेवा केन्द्रले एक वर्षभत्रमा एम्वुलेन्स खरिद गर्ने बताँउदै यसको लागि सोलु जिल्ला स्थायी ठेगाना भएका-हाल अमेरिकामा) पञ्चमान तामाङ्ग र फूर्व तामाङले सम्पूर्ण रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभएको थियो । उहाँहरुबाट नगद सहयोग पनि उपलब्ध भई सकेको स्पष्ट पार्नु भएको थियो । उक्त कार्यक्रमा उहाँहरुको वुबा आमा तथा अन्य सहयोगीहरुलाई सम्मान गरिएको थियो ।ल्होछारमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिनाका लागि नेपाल तामाङ्ग कलाकार संघबाट चर्चित तामाङ्ग कलाकारहरु उपस्थित भएका थिए । कलाकार संघले उक्त कार्यक्रमका लागि निःशुल्क कलाकारहरु उपलब्ध गराएको जानकारी दिईएको थियो । चर्चित कलाकारहरु चन्द्र कुमार दोङ, इन्दिरा लामा-गुरुङ), सन्जिव वाईवा, मीन लामा, शुसन लामा, प्रेम लोप्चन, अविनाश घिसिङ, रोज मोक्तान, इन्दिरा योन्जन, तुलसा वाईवा सत्य कला र्राई लगायतले उपस्थित दर्शकहरुलाई चर्को घामको बाब्जुद् पनि छम्-छम् नचाएका थिए । तामाङ्ग सेलोमा रमाउन पुगेका दर्शकहरुलाई साँझ परेको वास्तै थिएन । केही दर्शकहरु भन्दै थिए तामाङ सेलोले जति मजा अरु गीतले दिनै सक्दैन । कार्यक्रममा उपस्थित विदेशी दर्शकहरु पनि तामाङ्ग कलाकार र तामाङ्ग समुदायका साथ मज्जाले रमाई रहेको देखिन्थ्यो । उनीहरु मध्ये केही भन्दै थिए म धेरै लक्की र्टाईममा आए छु । साँच्चिकै तामाङ्ग सेलोले सबैको मन छोएको हुन्छ । सबै क्षेत्रबाट यस्तै माया पाईराखेमा तामाङ्ग सेलो र तामाङ्ग गीत सङ्गीतले छुट्टै स्थान बनाउने र उचित संरक्षण पाउने निश्चित छ ।
Posted on:2008-06-05 15:14:28 Views:227

