tamang village, Boudhanath
 
 

Event | News

एभरेष्ट म्याराथुन विजेता फूर्वा तामाङ सम

एभरेष्ट म्याराथुन विजेता फूर्वा तामाङ सम

जेष्ठ २३ काठमाडौं । सातौं तेन्जिङ हिलारी एभरेष्ट म्याराथुन विजेता फूर्वा तामाङ आज राजधानीमा सम्मानित भएका छन् । तामाङ सेवा केन्द्र नेपालले उनको ऐतिहासिक सफलताले तामाङ समाजलाई नै गौरवान्वित पारेको भन्दै आज एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेका हुन् ।

 

तामाङ सेवा केन्द्रको कार्यालय सुविगाउँ, कपनमा आयोजित सम्मान कार्यक्रममा प्रमूख अतिथि हेराल्ड डग्लस जेम्सले प्रशंशा पत्र तथा नगद रु. ३३,०३४/- प्रदान गरी सम्मानित गर्नु भएको हो । त्यस्तै केन्द्रका अध्यक्ष एवं कार्यक्रमका सभापति कर्ण तामाङ लगायत उपस्थित सबैले खादा ओढाई बधाई एवं शुभकामना व्यक्त गरे ।

 

गत मे २९ का दिन सोलुखुम्बुमा भएको म्याराथुन प्रतियोगितामा देश विदेशका सयौं प्रतियोगिहरुलाई पछि पार्दै प्रथम स्थान ओगट्न उनी सफल भएका थिए । ३ घण्टा ४० मिनेट ४७ सेकेण्डमा दौड पूरा गर्दै उनी पहिलो भएका हुन् । त्यस्तै उनका दाजु राम कुमार तामाङले पनि दोस्रो स्थान हासिल गरेका थिए ।

 

खोटाङ जिल्ला वाकाचोल गाविस, झाँकृवास स्थायी घर भएका तामाङ हाल सोलुखुम्बुको लुक्लामा बस्दै आएका छन् । सम्मानित भएकोमा अत्यन्त खुसी भएको र आगामी दिनमा ऐतिहासिक कार्यहरु गर्न आफूलाई थप हौसला मिलेको उनले बताए । आयोजकलाई धन्यवाद दिँदै उनले तामाङ समाज र देशका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

कार्यक्रममा अध्यक्ष कर्ण तामाङ, प्रमूख अतिथि हेराल्ड डग्लस जेम्स, सोलु एफ एमका निमा पाख्रिन, द्धितिय उपाध्यक्ष ङिमा दावा तामाङ, तामाङ समाज डटकमका रमेश तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।     

 

कार्यक्रममा अन्य एभरेष्ट समिटरहरुलाई समेत सम्मानित गरियो । सम्मानित हुनेहरुमा तुल बहादुर तामाङ, ङिमा दावा तामाङ, तिर्थ तामाङ लगायत छन् ।


Posted on:2009-06-24 07:16:39     Views:218

Other News

 

Future Plans

  • To make Tamang Monastery
  • To teach Buddhism
  • To make hostel for Orphans Childrens & helpless old age people

Recent Members

Hitman Tamang
Kapan Phaika
General Member
Tul Bahadur Tamang
Saraswati Nagar KATHMANDU
General Member
All Members

Message Board

Kumar Lama Tamang
Dear Tamang Samaj samiti, First of all Thanks full very much ,for Opening The Tamang Samaj webpage,and I am kumar lama,From Doha Qatar,exactly no thing to write this mail I am just asking your good commety i want to join a member,please reply to me as soon as posible, Thanks yours,Kumar Lama ...

tashilama
hi namste 2066ko subha kaman 6 r sabhei didi daju bhaei laae tamang sewa kendra bata subhakaman hai...


  • Other Links
  •  
    TAMANG SEWA KENDRA-NEPAL
    E-mAIL : tamangsewakendra@gmail.com